आगलागीबाट १४ लाखको धनमाल जलेर नष्ट


सुनसरी – जिल्लाको ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने हरेराम ऋषिदेवको घरमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगो फैलिएर स्थानीय कमला विकको घर र घरमा रहेको किराना पसल समेत जलेर करीब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement