एअर इन्डियाले काठमाडौंमा ६ फन्को लगायो, ल्हासा र हिमालयनलगाएत आकाशमै होल्ड


काठमाडौं – शुक्रबार बिहान मात्रै दिल्लीबाट आएको एअर इन्डियाको ए आई २१३ जहाजले काठमाडौंमा ६ फन्का लगाएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल साँघुरो भएकाले नेपाली आकासमा जहाज होल्ड हुने समस्या बढेको हो । विमानस्थलमा पार्किङको समस्या र आन्तरिक जहाजको चापका कारण अन्तर्रा्ष्ट्रिय उडान होल्ड हुने समस्या बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

एअर इन्डियाको ए आई २१३ जहाजले काठमाडौंमा ६ फन्का लगाएपछि मात्र बल्ल अवतरणको पालो पाएको थियो ।
त्यस्तै कतार एअरले हेटौंडामाथिको आकासमा धेरै फन्का लगाएको छ । ल्हासा र हिमालयन एअरले पनि फन्का लगाइरहेका छन् ।

बुद्ध एअरलगायत अन्य जहाजले पनि धेरैबेर पालो कुर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको धावनमार्गको कालोपत्रे फेर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएपछि समस्या झनै बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement