ऐश्वर्या र अभिषेकले किने सानदार घर, मूल्य कति होला?


काठमाडौं–बलिउड जोडी एश्वर्या राय र अभिषेक बचनले सानदार घर किनेका छन्।

 

विराट कोहली र अनुष्का शर्माले केही पहिले ३४ करोडको घर किनेको चर्चा सेलाउन नपाउँदै भारतमा फेरि नयाँ घरको चर्चा सुरु भएको छ। एश्वर्या र अभिषेकले घर किनेपछि विशेषगरी बलिउडमा चर्चा सुरु भएको छ।

 

 

यो जोडीले मुम्बइको बान्द्रा स्थित कुर्ला कम्पलेक्समा एक घर किनेको छ। ५५ सय स्क्वायर फिटमा फैलिएको घरको मूल्य २१ करोड रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

ऐश्वर्या र अभिषेक अहिले अमिताभ बच्चन र जया बच्चनका साथ बस्दै आएका छन्। उनीहरु अमिताभ र जयासँग छुट्टिएर बस्न चाहन्छन्। त्यसैले पनि उनीहरुले नयाँ घर किनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement