मकवानपुर बस दुर्घटना : मृतकको संख्या ७ पुग्यो (अपडेट)


काठमाण्डु- मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाण्डुबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement