प्युठान कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत


काठमाण्डु-प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ।

जसअनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ। प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो आज दिउँसो भीरबाट खसेको थियो। कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement