सिंचाइ मन्त्रालयका सचिव सवार जीप त्रिशूलीमा खस्यो, तीनजना बेपत्ता


धादिङ– सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जीप त्रिशूली नदीमा खसेको छ।

सचिव यादव सवार मन्त्रालयको जीप शनिबार बिहान धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा उनीसहित तीनजना बेपत्ता भएका छन्।

हराइरहेका तीनजना मध्य सचिव यादका छोरा संजय यादव र परिचय खुल्न नसकेको एकजना किशोरी रहेको घाइते चालक निराजन यादवले जानकारी दिएको गजुरी प्रहरीले जनाएको छ।

चालक यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

जीप बिहान धादिङको बेनीघाट रोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement