काठमाण्डु- अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। सोमवार मेल्लेख गाँउपलिका- ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परि अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको छ । मृत्यु भएका पाँचै जना एकै वडाका रहेका छन् । जसअनुसार मृत्यु हुनेमा मेल्लेख-१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् ।
प्रतिक्रिया