छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु


काठमाडौं – करिब २३ घण्टाको अवधिमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १३:२० बजेदेखि शुक्रबार दिउँसो १२:२० बजेको सो अवधिमा सुर्खेत, रुपन्देही र नवलपरासी(बर्दघाट सुस्ता पूर्व), रामेछाप, धनुषा, कञ्चनपुर, काभ्रेपलाञ्चोकमा भएको दुर्घटनामा ११ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये सुर्खेत, बराहताल गाउँपालिका-२ गिरीघाटस्थित सडकमा भे.१ त ५२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार वीरेन्द्र नगर नगरपालिका-१ बस्ने १८ वर्षीय राम बहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बराहताल गाउँपालिका-२ गिरीघाट बस्ने १५ वर्षीय क्षितिज विष्ट र १६ वर्षीय राम बहादुर नेपालीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ स्थित सडकमा भे-७ प १८३४ नम्बरको मोटरसाइकल भे-१ ह ३८७४ नम्बरको अटो रिक्शामा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-४ स्थित कर्णाली प्रदेश अस्पताल सुर्खेत अगाडि बस्ने ४७ वर्षीय नारायण देव गिरीको देउती नर्सिंङ होममा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही नर्सिङ होममा उपचार भइरहेको छ । दुवै सवारी साधन र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१ खुनगाईस्थित सडकमा लु-१ त ७२४२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ पडरिया बस्ने २२ वर्षीय रामसेवक धोवीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय शैलेन्द्र धोवीलाई उपचारको लागि भारततर्फ पठाइएको छ ।

यसैगरी नवलपरासी(बर्दघाट सुस्ता पूर्व), गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित युनिक अमरापुरी बोर्डिङ स्कूलको ग।१ क ३६१० नम्बरको बसको ढोकाबाट खसेर च्यापिदा गम्भीर घाइते भएकी गैंडाकोट नरपालिका-१७ बस्ने ११ वर्षीया बिनिता पौडेललाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बिद्यार्थीहरु बसमा चढ्ने क्रममा बसभित्र रहेका बिद्यार्थीहरुले बसको गियर चलाउँदा बस अगाडि बढ्न जाँदा उक्त दुर्घटना भएको बताइएको हो । बसका चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रामेछाप, दोरम्बा गाउँपालिका-६ भस्मेस्थित सडकमा बा.२ ख ७२४२ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका रामेछाप दोरम्बा गा.पा.६ लखनपुर बस्ने ५८ वर्षीय हरि बहादुर कार्की र सोही ठाउँ बस्ने ५८ वर्षीय उद्धव गौतमको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जान उपचार पश्चात डिश्चार्ज भऐका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिका-६ गोदारस्थित सडकमा ना.६ ख ७१०० नम्बरको बसले ज.८ प ५१४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मिथिला बिहारी नगरपालिका-४ कजरा रमौल बस्ने ३५ वर्षीय रमानन्द यादवको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ बनगाउँ भगवतीटोलस्थित सडकमा से। १
क ७३३ नम्बरको जेसिबीले म।१ ह ७६३ नम्बरको अटोलाई ठक्कर दिँदा आटोमा सवार ३ जनाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बैतडी दशरथ नगरपालिका-२ देहिमाण्डौ बस्ने २९ वर्षीय किसन बोहरा, भारत युपी बस्ने ५८ वर्षीय तिल प्रसाद र कास्की पोखरा महानगरपालिका पृथ्वीचोक बस्ने ३५ वर्षीया बिना रिजालको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जेसिबी चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ

यसैगरी काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-९ कुसडाँडास्थित सडकमा बीआर ३२ पीए ४३४१ नम्बरको स्कारपिओ गाडीले बा.७० प ८९९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक महाभारत गाउँपालिका-८ बस्ने ३६ वर्षीय तिलक आलेको उपचारका लागि धलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार महाभारत गाउँपालिक-३ बस्ने २३ वर्षीया लक्ष्मी माया घिसिङको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement