काठमाण्डु- डोटी र भद्रपुरमा भएको अलग अलग दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाअन्तर्गत पर्ने भीमदत्त राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।
धनगढीबाट बैतडीको पुर्चौडीका लागि छुटेको सुदूर पश्चिम प्रदेश ०२००१ ज ०५६७ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको ज्यान गएको हो ।
यस्तै, झापाको भद्रपुरमा पिकअप ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेची राजमार्गको बनियानी–भद्रपुर सडक खण्ड अन्तरगत भद्रपुर– २ स्थित हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई मे १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।
दुर्घटना परी घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
प्रहरीले दुवै सवारीसाधनसहित पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पङ्कज सुवेदीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया