कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो

कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – कर्णाली राजमार्गको नाग्म–रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

तिला गाउँपालिका–१ गाडगुडेनीमा क१ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका–६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । भ्यान सडकदेखि २०० मिटर तल नदीमा खसेको छ ।