धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

भुजेल सवार प्रदेश २–०२–००१झ००८२ नम्बरको गाडी र बिरामी बोकेको ना।२च २३२ नम्बरको एम्बुलेन्स शनिबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तगर्गत मिथिला नगरपालिका–९ बडहरीमा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार उपमेर भुजेल सवार गाडी ढल्केवरबाट बर्दिबास र एम्बुलेन्स बडहरीबाट विराटनगरतर्फ जाँदै थिए । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

एम्बुलेन्स चालक धनुषाको मिथिला नगरपालिका–१ का ४९ वर्षीय दिपेन्द्रकुमार महतोसहित एम्बुलेन्समा सवार ५ जना र उपमेयरको गाडीमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उपमेयर भुजेल भने सकुशल छिन् ।

घाइते सबैको जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।