धादिङको मैदीमा मिनि ट्रक दुर्घटना, ६ जनाको मृत्यु


काठमाडौं – धादिङको मैदीमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते भएको बताए ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार ज्वालामुखी गाउँपालिकामा रहेको तीर्थस्थल ढोला मण्डली आएको मिनिट्रक नीलकण्ठ नगरपालिका ८ मैदीमा दुर्घटना भएको हो ।

ग १ ख ८०१२ नम्बरको सो मिनिट्रकमा नीलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीयबासी सवार थिए ।

गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्दार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement