धादिङ दुर्घटनामा मृतकको संख्या सात पुग्यो, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


काठमाडौं – धादिङको मैदीमा मिनि ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार ज्वालामुखी गाउँपालिकामा रहेको तीर्थस्थल ढोला मण्डली आएको मिनिट्रक नीलकण्ठ नगरपालिका ८ मैदीमा दुर्घटना भएको हो ।

घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिए । मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ । उक्त ट्रकमा २५ जना थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement