धादिङ दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत (नामसहित)


धादिङ – धादिङमा यात्रु बोकेको ट्रक दुर्घटनामा मृत्यु हुन सबै सातै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मृत्युहनेहरुमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलबहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ, र नजबहादुर गुरुङ रहेका छन्। मृतकहरू नीलकण्ठ नगरपालिका(२ भुलभुले टोलका बासिन्दा हुन् ।

दुर्घटनामा परी चारजनाको घटनास्थलमा र तीनजनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । धादिङमा मेला भरेर फर्केका यात्रु चढेको ट्रक दुर्घटना, ६ जनाको मृत्यु दुर्घटनामा चालकसहित ३५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ११ जनालाई हेलिकप्टरबाट काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ । चारजना जिल्ला अस्पतालबाट उपचारपछि घर फर्किएका छन् । २० जनाको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement