छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु


काठमाडौं – सप्तरी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका.२७ स्थित सडकमा रोकी राखेको ना. ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा.९२ प ६५६५ नम्बरको स्कुटर शनिबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका स्कुटर चालक बुढानिलकण्ठ बस्ने ३५ बर्षीय सन्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलंकी बस्ने ३० बर्षीय बिशाल लुईटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्रमश:
सप्तरी, रुपनी गाउँपालिका-१ स्थित सडकमा बा.४ ख ५५४२ नम्बरको टिपरले स.९ प ७९१८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका बस्ने ४५ बर्षीय महेन्द्र मण्डलको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक खडक नगरपालिका-१ बस्ने ४० बर्षीय श्रवण कुमार मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, ओमसतिया गाउँपालिका.५ दरखसहवास्थित सडकमा लु.४ प १९७१ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक रोहिणी गाउँपालिका-३ बस्ने ३५ बर्षीय दुर्गेश पासीको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement