काठमाडौं मलअगाडी मोटरसाइकल दुर्घटना, काभ्रेकी सुनिताको ज्यान गयो


काठमाडौं – काठमाडौंको सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

काठमाडौं मलअगाडी पानी ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे पनौती घर भई हाल काँडाघारी बस्ने २३ वर्षीया सुनिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना २ ख ४२२२ नम्बरको ट्याङ्करले बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई काठमाडौं मलगाडी ठक्कर दिएको थियो ।

ट्याङ्करले ठक्कर दिएको उक्त मोटरसाइकल केसीका पिता रामशरण केसीले चलाएका थिए । दुर्घटना लगत्तै दुवै जनालाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो ।

सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्याङ्कर र चालक दुबैलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement