काभ्रेमा जीप दुर्घटना: नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु


काभ्रे – काभ्रेको मण्डनदेउपुरमा भएको जीप दुर्घटनामा नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ ।पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले बताएको छ ।

अस्पताल परिसरमा यतिबेला जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी प्रमुखको उपस्थिति रहेको छ ।  त्यस्तै दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement