बंगलादेशमा दुई ट्रेन ठोक्कियो, १५ जनाको मृत्यु


एजेन्सी – बंगलादेशको ब्राह्मणबरिया जिल्लामा मंगलवार एकाबिहानै दुई यात्री ट्रेन ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । सिल्हेतबाट चट्टोग्रामतिर गइरहेको उदयन एक्सप्रेस मोन्दोभाग रेलवे स्टेसनमा बिहान ३ बजेतिर ढाका गइरहेको टर्ना निशिता एक्सप्रेससँग ठोकिएको प्रहरीले जनाएको छ ।

उक्त ट्रेन दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको अखौरा रेलवे प्रहरी चौकीका अधिकारी श्यामल कान्ति दासले जानकारी दिए । दुर्घटनामा अन्य धेरैजना घाइते भएको बताए । घाइते भएका अन्य यात्रुको स्थिति गम्भीर रहेको र मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement