सिन्धुलीबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा दुर्घटना, एकको मृत्यु


सिन्धुली – बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट शुक्रबार यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ ।

अहिले उद्धार कार्य जारी रहेको छ । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौं तर्फ जाँदै गरेको सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–८ निवासी २९ वर्षीय रवि भण्डारीको मृत्यु भएको उनले जानकारी दिए।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरु सबैको उपचारका लागि धुिलखेल पठाइएको उनले जानकारी दिए। दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement