जिप दुर्घटनामा ज्यान गुमाउनेको सनाखत (नामावली)

जिप दुर्घटनामा ज्यान गुमाउनेको सनाखत (नामावली)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कालीकोटमा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

कालीकोटको पलाँता गाउँपालिका– ३ राढुनेटामा आइतबार दिउँसो क १ ज ५६ नम्वरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

२० जना सवार बोलेरो जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो । ६ जनाको घटनास्थलमै मृत्यु भएको पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिइन् ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । उनीहरुलाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ ।

मृतकको नामावली
कालीकोट पलाता गा.पा.०६ बस्ने दसकला शाही
कालीकोट पलाता गा.पा. ०६ बस्ने पदम बम
कालीकोट पलाता गा.पा.०६ बस्ने भगवति रोकाया
कालीकोट पलाता गा.पा. ०६ बस्ने गणेश शाही
कालीकोट पलाता गा.पा.०५ बस्ने छाया शाही
कालीकोट पलाता गा.पा. ०३ बस्ने दमन रोकाया