अछाममा सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने युवतीलाई साढे ३ बर्ष जेल


काठमाण्डु – सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने एक युवतीलाई ३ बर्ष ६ महिना जेल सजाय सुनाइएको छ । मंगलबार जिल्ला अदालत अछामले बलात्कारको झुठ्ठो आरोप लगाउने कमलबजार नगरपालीकाकी १९ बर्षीय युवतीलाई ३ बर्ष ६ महिना जेल सजाय सुनाएको हो ।

ति किशोरीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० बर्षीय नन्दराम खनालले जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन् ।

ती किशोरीले फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । उनले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति ११ः३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

पीडित भनिएकी युवतीले रिसले जाहेरी दिएको र युवकलाई झुठ्ठो मुद्दामा फँसाउन खोजेको तथ्य फेला परेको फैसलामा उल्लेख गरिएको छ । जिल्ला अदालत अछामका न्यायाधिश नविन कुमार जोशीको एकल इजलाशले सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको ठहर सहित उक्त फैसला सुनाएको हो ।

झुठ्ठो मुद्दामा फसाईएका प्रतिवादी नन्दराम खनालले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा यी प्रतिवादीले अभियोग मागदावीबाट सफाई पाउने र झुठ्ठा जाहेरी दिएर प्रतिवादीलाई झुठ्ठा मुद्दामा फसाउने प्रयत्न गरे वापतमा ति किशोरीलाई मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ४४ को उपदफा (२) को देहाय ( क१) बमोजिम ३ (तीन) वर्ष ६ महिना कैद हुने फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement