श्रीमानको बयानः छ वर्षअघि प्रेम बिवाह, सँगै बस्न नमानेपछि एसिड छ्यापेँ !


काठमाडौं – काठमाडौंको कालोपुलमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले श्रीमती आफूसँगै बस्न नमानेपछि एसिड हानेको बताएका छन् । उनले प्रहरीसमक्ष दिएको बयानअनुसार श्रीमतीको अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेका हुन् ।

उनले बुधबार राती श्रीमतीमाथि एसिड प्रहार गरेका थिए । मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो । उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन् ।

काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो । उनको टाउको र हात जलेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भएरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement