अभिनेता गोविन्दा नेपालमा


काठमाडौं – बलिउडका चर्चित अभिनेता गोविन्दा आहुजा नेपाल आएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन मंगलबार नेपाल आइपुगेका हुन् ।

गोविन्दासँगै उनकी श्रीमती सुनिता अहुजा र अभिनेत्री निरुता सिंह पनि नेपाल आएका छन् । गोविन्दाकी श्रीमती सुनिता नेपाली मुलकी हुन् । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन् ।

कार्तिक २१ गतेबाट सुरु हुने नेपाल चलचित्र स्वर्णिम महोत्सव कार्तिक २३ गते सम्म चल्ने छ । महोत्सव प्रवेशका लागि १ सय रुपैयाँको टिकट पनि राखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement