बलिउडका अभिनेता गोविन्दा नेपाल आउँदै


काठमाडौं – बलिउडमा एकछत्र राज गरेका अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

अभिनेता गोविन्दा गएको वर्ष राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । यसअघि पनि उनी थुप्रै पटक नेपाल आइसकेका छन् । उनकी श्रीमती सुनीता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश बताउने गर्दछन् । उनले संसारमा आफूलाई सबैभन्दा मनपर्ने देश नेपाल बताउने गरेका छन् ।

‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको हो । कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement