कोरोना संक्रमणबाट हाँस्यकलाकार शम्भुराज थापाको मृत्यु


काठमाण्डु – वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको हो ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय चर्चित हास्य टेलिश्रृंखलाहरु मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए ।

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए । स्व थापाका श्रीमती एक छोरा र एक छोरी छन् । स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement