रंगेहात भेट्टाउँदा पनि माफी दिएर बेबकूफ बनेँ : दीपिका


एजेन्सी – बलिउडकी चिर्चित अभिनेत्री दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमीलाई रंगेहात भेट्टाउँदा पनि आफुले उसलाई माफी दिएको खुलासा गरेकी छन् ।

हालै दीपिकाले दिएको एक अन्तरवार्तामा उनले उनले नखुलाई आफूले रंगेहात भेट्टाउँदा पनि ती पूर्वप्रेमीलाई दोश्रो मौका दिने मूर्खता गरेको बताएकी हुन् ।

‘म कति बेवकुफ थिएँ भने मैले उसलाई मैले दोश्रो मौका दिएँ, जबकी उसलाई मैले रंगेहात भेट्टाएको थिएँ । उसले मसँग भिख मागेको थियो, बिन्ती गरेको थियो’ उनले भनिन्, ‘म उसको लागि यति पागल भएकी थिएँ कि उसलाई मैले माफी दिएँ । त्यसपछि मलाई ती सबै कुराबाट बाहिर आउन समय लागेको थियो ।’

हाल रणवीर सिंहसँग वैवाहिक जीवनमा रहेकी दीपिकाले यौन भनेको शारिरिक निकटता मात्र नभई भावनासँग जोडिएको कुरा भएको बताएकी छन् ।

अन्तरवार्तामा उनले भनेकी छन्, ‘मेरा लागि यौनको अर्थ शारिरिक निकटता मात्र होइन, यसमा भावनासमेत जोडिएको हुन्छ । मैले कसैलाई धोका दिएको छैन र कसैसँग केही कुरा लुकाएको पनि छैन । यदि मलाई कसैले धोका दिन्छ भने म ऊसँग सम्बन्धमा किन बस्नु ? यो भन्दा त म एक्लै ठीक छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement