प्रधानन्यायाधीशले न्यायालय हाँक्न नसक्ने, राजीनामा दिनुपर्ने न्यायाधीशहरुको निष्कर्ष


काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार छुट्टै बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानन्यायाधीश जबरासँगको भेटपछि बसेको न्यायाधीशहरूको बैठकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । जबराले न्यायपालिका हाँक्न नसक्ने भन्दै जतिसक्दो चाँडो राजीनामा गरेर बाटो खुला गर्नुपर्ने बैठकको निष्कर्ष छ ।

यसअघि न्यायाधीशहरूसँगको भेटमा प्रधानन्यायाधीश राणाले आफूले राजीनामा नदिने बताएका थिए । आफूलाई भेट्न पुगेका न्यायाधीशहरूलाई उनले सडकबाट कसैले भन्दैमा र दबाब दिँदैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement