काठमाण्डु – क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध नेपाल क्रिकेट संघले फुकुवा गरेको छ ।
संघले स्पट फिक्सिङको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लगाएको प्रतिबन्ध फुकुवा भएको हो ।
संघको इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरेर उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उनले राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन पाउने गरी २०८२ वैशाख २१ गतेदेखि प्रतिबन्ध फुकुवा गरिएको जनाइएको छ ।
२०७९ पुस ९ देखि २७ गतेसम्म काठमाण्डुमा आयोजना भएको नेपाल टी–२० क्रिकेट लिगको क्रममा उनीमाथि स्पट फिक्सिङमा संलग्न भएको आरोप लागेको थियो । स्पट फिक्सिङ गरेको अभियोगमा काठमाण्डु जिल्ला अदालतबाट उनले सफाइ पाएका थिए ।

प्रतिक्रिया