अफगानिस्तानका उपप्रधानमन्त्रीले कार्यकर्ताको कुटाई खाएकै हुन् ? दिए यस्तो जवाफ


एजेन्सी – अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरदारले तालिवानभित्रकै विरोधी समूहको कुटाइबाट घाइते भएको भन्ने विवरण अस्वीकार गरेका छन् । तालिवानका सहसंस्थापकसमेत रहेका बरदार लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

तालिवान भित्र बरदार र हक्कानी नेताबीच चर्काचर्की परेको र उनीहरुका समर्थकले हात हालाहाल गर्ने क्रममा बरादार घाईते भएको विवरण सार्वजनिक भएको थियो । तर, एक अन्तर्वार्तामा बरदारले समूहमा आन्तरिक विवाद नभएको दाबी गरेका छन् । ‘मैले कुटाइ खाएको सत्य होइन । म स्वस्थ छु,’ उनले भनेका छन् ।

आफू राजधानी काबुलबाट केही टाढा गएको र इन्टरनेटको पहुँच नहुँदा सम्पर्कबिहिन भएको उनले बताए । तालिवानको दोहास्थित राजनीतिक कार्यलयले सार्वजनिक गरेको एक तस्बिरमा बरदार अन्तर्वाताकारसँगै अर्को सोफामा बसेर पत्रिका पढेको देखिन्छन् ।

‘धन्य भगवान हामीबीच सुमधुर सम्बन्ध छ र हामी एक अर्कालाई सम्मान गर्छौं । हाम्रो सम्बन्ध पारिवारिक भन्दा गहिरो छ ।’ हक्कानी नेटवर्कलाई लक्षित गर्दै उनले भने ।

बरदार समूहभित्रको सफल कूटनीतिज्ञसमेत हुन् । अमेरिकी राष्ट्रपतिसँग सोझै फोन सम्वाद गर्ने उनी पहिलो तालिवान नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement