अफगानिस्तानमा विमान चाटर्ड गरेर नेपालले मानवीय सहायता पठाउने


काठमाण्डु – नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउने भएको छ । सरकारले केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तनामा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्शालको नेतृत्वमा सहयोग हस्तान्तरणको लागी आइतबार एक टोली काबुल पठाउंदैछ । नेपालले यद्यपी तालिबानको सरकारलाई अहिलेसम्म मान्यता भने प्रदान गरेको छैन ।

सरकारले हिमालय एयरलाइन्सको चार्टर्ड जहाजमा खाद्यान्न, लत्ताकपडा र औषधी पठाउंन लागेको बताइन्छ । परराष्ट्रमन्त्री नारायण खड्काले मानवीय सहायता पठाउने निर्णय गरेका हुन । उनले त्यसबारेमा थप जानकारी दिन आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि तालिबानले सत्ता कब्जा गरेको थियो । तर, उनको सरकारलाई अमेरिका,बेलायतलगायतका मुलुकले भने मान्यता दिएको छैन। चीनसंग भने तालिबानको कूटनीतिक सम्बन्ध स्थापित भइसकेको छ ।

तालिबानले शुक्रवार मात्रै नयां बजेट ल्याएको छ । यद्यपी अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएपछि त्यसले चरम संकट देखिएको छ ।

अफगानिस्तानमा चरम आर्थिक संकट र खाद्यान्न अभाव देखिएको छ । चीन, भारतलगायत केही मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सहायता गरिरहेका छन्। नेपालले पनि तालिबान सत्तामा आएपछि पहिलो सहयोग पठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement