अफगानिस्तानमा सुरक्षा कारबाहीमा दश लडाकू मारिए


एजेन्सी – अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

अफगानिस्तानको पूर्वीभागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान २ जना मारिएका छन् भने अरु छ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिए । उनका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन् । त्यसैगरी विषेश सुरक्षा इकाइले तालिवान लडाकू विरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ ।

कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ८ जना लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका सैन्य अधिकारीद्वारा आइतबार जारी वक्तव्यमा जनाइएको छ ।

जारी वक्तव्यमा लडाकू विरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकू घाइते भएका थप जानकारी दिइएको छ । सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन । कान्दहर प्रान्तमा तालिबान लडाकू सक्रिय रहेका छन् तर उनीहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement