सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन: प्रतिनिधिसभा बैठक दुई घण्टापछि सारियो


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । यससँगै प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको हो । प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसँग टेलिफोनमार्फत संवाद गरेका थिए ।

टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामनासमेत दिएका थिए। हाल संसदको अवरोध खुलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक(पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहितका विपक्षी दलले राजीनामा माग्दै आएका छन् । एमालेले प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement