वर्तमान सरकार दिनदिनै कलंकको रूपमा स्थापित हुँदैछ : माओवादी

वर्तमान सरकार दिनदिनै कलंकको रूपमा स्थापित हुँदैछ : माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले ओली सरकार प्राविधिक रूपमा मात्र भएको बताएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यो सरकार जनताको मनमस्तिष्कबाट विस्थापित भइसकेको बताएका हुन् ।

सापकोटाले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा ‘जालसाजी’ भएको भन्दै गम्भीर आपत्ति भएको बताए । समितिमा भएको सहमति विपरीत विधेयक संसदमा पेस गरिएकामा आपत्ति जनाउँदै उक्त घटनाले संसद्, संसदीय समिति र सांसदहरूको नैतिकता, निष्ठा र योग्यता माथि प्रश्न उठाएको उनले बताए।

उनले भने ‘प्राविधिक रूपमा त यो सरकार छ भन्ने हुन्छ, राजनीतिक रूपमा यसको वैधता समाप्त भइसकेको छ । जनताको मनमस्तिष्कबाट यो सरकार विस्थापित भइसकेको छ ।वर्तमान सरकार दिनदिन विस्थापित हुँदैछ, कलंकको रूपमा स्थापित हुँदैछ ।’

उनले ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा सहमति भएको भए पनि त्यसलाई परिवर्तन गरी संसदमा पेस गरिनु गम्भीर राजनीतिक, संवैधानिक र नैतिक अपराध भएको बताए ।

‘संसदको आत्मामाथि सीधा प्रहार भएको छ,’ सापकोटाले भने, ‘यो सुनियोजित धृष्टता हो, जसको जिम्मेवारी संसदको नेतृत्वले नै लिनुपर्छ।’