सर्वोच्चद्वारा सभामुख सापकोटाको मुद्धामा अन्तरिम आदेश दिन अस्वीकार (पूर्णपाठसहित)


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

मंगलबार पक्षका तर्फबाट केही कानुन व्यवसायीहरुले बहस गरिसकेपछि न्यायाधीश मल्लको इजलासबाट यस्तो आदेश भएको हो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भइरहेको सुनुवाइ हिजो नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलबार सुनुवाइ सकेपछि अदालतले यो मुद्दामा अन्तरिम आदेश जरुरी नरहेको ठहर गरेको हो । तर सर्वोच्चले यो मुद्दामा भएको अनुसन्धानको प्रगतिबारे महान्याधीवक्ताको कार्यालयमार्फत् सरकारलाई प्रश्‍न गरेको छ ।

अदालतले यस मुद्दा भएको अनुसन्धानको प्रगति विवरण एक महिनाभित्र सर्वोच्चमा पेश गर्न सरकारलाई आदेश दिएको छ । अदालतमा सभामुख बनाउन नहुने मुद्दाको सुनुवाइ चलिरहे पनि प्रतिनिधिसभाबाट आइतबार सभामुख निर्वाचित भएका सापकोटाले सोमबारै सपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement