सात दलद्वारा अग्रगामी राजनीतिक मोर्चा घोषणा

सात दलद्वारा अग्रगामी राजनीतिक मोर्चा घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फरक पृष्ठभूमि र मुद्धा बोकेका विभिन्न सात राजनीतिक दलले संयुक्त राजनीतिक मोर्चा घोषणा गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो ।

अग्रगामी मोर्चा नाम दिइएको उक्त गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।

उनीहरुले संघीयता, पहिचान, समावेशिता तथा सामाजिक न्यायलगायतका विषयलाई मुख्य एजेण्डा बनाएर संयुक्त रुपमा राजनीतिक अभियान सञ्चालन गर्ने बताएका छन् ।