कृषि विश्वविद्यालयमा मानविकीमा विद्यावारिधि


काठमाडौं – कृषिमा विशिष्ट जनशक्ति उत्पादनका लागि सरकारकै लगानीमा स्थापना भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयले मानविकीअन्तर्गतका कार्यक्रम चलाउँदै आएको छ।

आफ्नै ऐनविपरीत विश्वविद्यालयको प्रस्तावनामा समेत नसमेटिएको संकायअन्तर्गतका विषयमा कृषिले पीएचडी (विद्यावारिधि) कार्यक्रम सञ्चालन गरेको हो । यो विश्वविद्यालयमा मानविकीका विषयविज्ञसमेत नभएको छ। कृषि विश्वविद्यालयमा झन्डै पाँच वर्षदेखि ‘डेभलपमेन्ट स्टडिज’मा पीएचडी कार्यक्रम सञ्चालनमा छ ।

तत्कालीन उपकुलपति प्रा। कैलाशनाथ प्याकुरेलले आफ्नो विषयअनुसारको कार्यक्रम सुरु गरेपछि अहिले विश्वविद्यालयबाट प्राप्त हुने ‘डिग्री’को समेत आलोचना हुन थालेको छ। वर्तमान उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले पनि यो विषयमा विद्यार्थी भर्नालाई निरन्तरता दिएका छन् ।

‘हाम्रोमा विज्ञ नहुँदा डेभलपमेन्ट स्टडिजमा समस्या छ,’ उपकुलपति ढकाल स्वीकार्छन्, ‘यसले गुणस्तरमा पनि प्रश्न उठ्छ। तर, झन्डै पाँच वर्षदेखि यस्तो कार्यक्रम सञ्चालनमा छ।’ मानविकी, कृषि तथा वनविज्ञानसँग सम्बन्धित विषयमा ९२ विद्यार्थीले कृषि विश्वविद्यालयबाट पीएचडी गर्दै छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement