कृषि विश्वविद्यालयमा तीन जना डीन र अनुसन्धान निर्देशक नियुक्त

कृषि विश्वविद्यालयमा तीन जना डीन र अनुसन्धान निर्देशक नियुक्त


चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले कृषि संकायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी संकायमा प्रा डा भूमिनन्द देवकोटा र वन संकायमा प्रा वासुदेव पोखरेललाई डीन नियुक्त गरिएको जानकारी दिइन् ।

परिषद्ले प्रा डा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकमा नियुक्त गरेको उपकुलपति थपलियाले जानकारी दिइन् । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।