एआईजीमा बढुवा भएका ३ जनालाई दज्र्यानी चिन्ह प्रदान


काठमाण्डु- नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जना अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले एआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रबिन्द्रबहादुर धानुकलाई दज्र्यानी चिन्ह शुशोभन गरेका हुन् ।

आज बिहान मन्त्रिपरिषद्ले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले उक्त सिफारिस स्वीकृत गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement