प्रहरी अस्पतालमा अनियमितता प्रकरण : एआइजी सिंहमाथिको छानबिन प्रतिवेदन यथाशीघ्र बुझाउन समितिलाई निर्देशन


काठमाण्डु – नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको विषयमा छानविन गर्न समिति गठन गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिमा आईजीको सचिवालयमा कार्यरत डिआईजी वसन्त लामा, उजुरी छानबिन शाखा र कानुन शाखाका प्रतिनिधिसहित ५ सदस्य रहेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।

एआईजी पोखरेल नेतृत्वको समितिलाई यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन समेत दिएका छन् । अस्पताल प्रमुख एआईजी डा. आशा सिंहले आवश्यक सामग्री खरिद गर्दा मोटो रकम कमिसन खाने गरेको आरोप छ ।

त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अस्पतालमा भएको अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement