अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

पोखरेललाई एआईजीमा बढुवा गरिएको बैठकपछि सरकारका प्रवक्ता शिक्षामन्त्री सष्मित पोखरेलले जानकारी दिए ।

पोखरेललाई बढुवा समितिले गत ५ जेठमा नायब महानिरीक्षक (डिआईजी) बाट एआईबीमा बढुवा सिफारिस गरेको थियो ।

पोखरेल सशस्त्र प्रहरी बलको स्थापनापछि खुला प्रतिस्पर्धाबाट भर्ती हुने पहिलो लट (सिसं–१) का प्रहरी निरीक्षक हुन् ।