एआईजी ठूले राईले पाए २१ दशमलव ५ नम्बर


काठमाडौं – नेपाल प्रहरीका अतिरीक्त महानिरीक्षक (एआईजी) ठुले राईले २१ दशमलव ५ नम्बर पाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त दिएका राईले शैक्षिक योग्यता, तालिम र अनुभव वापत गृह मन्त्रालयले राईलाई उक्त नम्बर दिएको हो ।

गृह मन्त्रालयले कार्यकारी प्रमुखका लागि आवेदन दिएका उम्मेदवारहरुमध्ये स्वीकृत भएका १३ जनाको अंक सार्वजनिक गरेको हो । सबैभन्दा बढि अंक डाक्टर सुवोध ढकाल र डाक्टर प्रेमबहादुर थापाले प्राप्त गरेका छन् । गृहले दुबैलाई २४ दशमलव ५ अंक दिएको छ ।

राईले विपत् गणको कमाण्ड गरेको र विपत् व्यवस्थापनमा विशेष तालिम लिएको अनुभवका आधारमा प्रहरी मुख्यालयको सहमतीमा आवेदन दिएका थिए। उनी गृह सचिव प्रेमकुमार राई निकट भएकाले उनको नियुक्ती हुने अनुमान गरिएपनि अंकका आधारमा उनी छनौटको चौंथो बरियतामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement