एयरपोर्टमा कुकुरले चरेससहित श्रेष्ठलाई पक्रियो


काठमाडौं – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

गत आइतबार ब्युरोको शाखा कार्यालय त्रिभुवन विमानस्थल र विमानस्थल सुरक्षा गार्ड काठमाडौंबाट खटिएको टोलीले काठमाडौंका राजु श्रेष्ठलाई ४.५ ग्राम चरेससहित पक्राउ गरेको हो ।

प्रहरीको तालिमप्राप्त कुकुरले श्रेष्ठलाई विमास्थलको आन्तकि उडानतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । सोही सोधपुछकै क्रममा श्रेष्ठले उक्त लागूऔषध चरेस रेवा पुरीले दिएको बताएपछि सोमबार पुरी पनि पक्राउ परेका थिए ।

उनलाई ३ सय ८० ग्राम लागूऔषध चरेससहित प्रहरीले पक्राउ गरेको जनाएको छ । पुरी मकवानपुर थाहा नगर ८ का बासिन्दा हुन् ।

दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement