अभिनेता अजय देवगनलाई किसान आन्दोलनबारे प्रश्न गर्ने व्यक्ति पक्राउ


एजेन्सी – अभिनेता अजय देवगनको कार रोकेर उनलाई किसान आन्दोलनबारे प्रश्न सोध्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्जाब निवासी २८ वर्षका ड्रायभर राजदीप सिंह रहेको समाचार एजेन्सी पिटिआईले एक प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै जानकारी दिएको छ ।

मुम्बईमा ती व्यक्तिले अजय देवगनले कृषि कानूनको विरोध गरिरहेका किसानको समर्थनमा किन केही गरेनन् भन्ने विषयमा प्रश्न सोधेका थिए । उक्त घटना मंगलबार बिहान साढे १० बजे भएको बताइएको छ ।

सिंहले गोरेगाँवमा फिल्म सिटी बाहिर अजय देवगनको कारलाई रोकेर उनले आन्दोलनकारी किसानको समर्थनमा किन बोलिरहनुभएका छैनन् भनेर जान्न चाहेको समाचारमा उल्लेख छ ।

अधिकारीका अनुसार अजय देवगनका अंगरक्षक प्रतीप इन्द्रसेन गौतमले प्रहरीमा ऊजुरी दिएपछि सिंहलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement