अक्करको भीरबाट अरुण नदीमा गाडी खस्दा ६ जना वेपत्ता


संखुवासभा – संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए।

तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक सहित ६ जना बेपत्ता भएका हुन्।गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन्।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement