काठमाण्डु – अखिल क्रान्तिकारीको चुनावमा उपमहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा निकटबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । अखिल क्रान्तिकारीको अध्यक्षमा दुवै निकट उम्मेदवार मुख्य प्रतिस्पर्धी हुने भएका हुन् ।
क्रान्तिकारीको निर्वाचनमा शर्मा निकट हेमन्त राई र वस्नेत निकट सापकोटाबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । अध्यक्षका लागि उपदेश कुमार यादव र सुदीन पौडेल समेत प्रतिस्पर्धामा छन् । यादवलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पौडेललाई अर्का उपमहासचिव वर्षमान पुनको साथ छ ।
पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको समर्थनमा उम्मेदवार बनेका योगेन्द्र बुढाले शुक्रबार उम्मेदवारी फिर्ता लिएर बस्नेत निकट सापकोटालाई समर्थन गरेका छन् ।
कुनै बेला माओवादी केन्द्रभित्र महरा र बस्नेतको एउटै समुह थियो । अखिल क्रान्तिकारीको निर्वाचनमा अहिले मुख्य नेताहरु नै आ-आफ्ना उम्मेदवारहरुलाई जिताउन लागेका छन् । माओवादीभित्र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने शर्मा र बस्नेतबीच पार्टीभित्र प्रतिस्पर्धा समेत छ ।
दुवै नेता महासचिवका आकांक्षी समेत थिए । बस्नेत अहिले अध्यक्ष दाहालको विश्वासपात्र हुन भने शर्मा उनीसंग प्रतिस्पर्धामा उत्रिएका छन् ।
अखिल क्रान्तिकारीको शनिबार हुने निर्वाचनमा राई र सापकोटाबीच मुख्य प्रतिस्पर्धा हुने प्रतिनिधिहरुको दावी छ । सापकोटालाई अध्यक्ष पुष्पकमल दाहालको समेत धाप छ । तर, शर्मा निकट उम्मेदवार राई भने बलियो उम्मेदवार भएको माओवादीका एक नेताले बताए । पार्टी अध्यक्ष दाहालको धाप नै सापकोटालाई भएपछि उनले जित्ने सम्भावना समेत उत्तिकै रहेको माओवादी नेताहरु बताउंछन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले शर्माका उम्मेदवारविरुद्ध एउटा उम्मेदवार खडा गर्न कोशिस गरेपनि सफल नभएको बताइन्छ । सापकोटाको पक्षमा पुर्व अध्यक्षहरु हिमाल शर्मा, रमेश मल्ल र पंचा सिंह छन् भने पौडेलको पक्षमा रन्जित तामाङ छन् ।
प्रतिक्रिया