अक्षय कुमारको एक फिल्मको पारिश्रमिक एक सय करोड


एजेन्सी – बलिवुडका चर्चित नायक अक्षय कुमारले आगामी फिल्ममा १०० करोड पारिश्रमिक लिने भएका छन् । प्रसिद्ध बलिउड निर्माता वासू भगनानीले उनीमाथि यति धेरै लगानी गर्न लागेका हुन् ।

अक्षय कुमारले एक एक्शन फिल्मको लागि पारिश्रमिक बापत सो रकम लिन लागेका हुन् । हिन्दी सिनेमामा, अक्षय पहिलो स्टार हुन् जसले एक फिल्मको लागि यति ठूलो सम्झौतामा हस्ताक्षर गरे । तर उनले हस्ताक्षर गरेको फिल्मको नाम भने खुलाइएको छैन । यो फिल्म वास्तविक जीवन घटनाबाट प्रेरित रहेको फिल्म युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement