मोहम्मद आलमको सम्पत्ति छानबिन हुदैं


काठमाडौं – कर्तव्यज्यान लगायत तीनवटा कसुर आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ ।

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा प्रहरी हिरासतमा रहेका आलमलाई सम्पति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला प्रहरी रौतहटलाई पत्र पठाइ तत्काल छुटी जाने भएमा विभागमा उपस्थित गराइदिन अनुरोध गरेको छ।

जिल्ला अदालतले धरौटी तारेखमा छाडे सम्पति छानबिनको दायरमा ल्याउन आलमलाई प्रहरीले पुनस् पक्राउ गरि शुद्धिकरण विभाग पठाउने छ।

प्रहरीले जिल्ला अदालत गौरलाई बिहीबार पत्र पठाई कर्तव्य ज्यान लगायत मुद्दामा अदालतमा थुनछेक बहसको क्रममा रहेको मुद्दामा आलम छुटि जाने भएमा सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement