जब उनलाई ‘रक्सी’को माया लाग्यो…


काठमाण्डु – पछिल्लो समय सामाजिक सञ्जालमा एउटा रोचक भिडियो भाइरल भइरहेको छ ।

अमेरिकाको एउटा विमानस्थलभित्र देखिएको उक्त रोचक दृश्यले अहिले टिकटक, फेसबुक, युटुबलगायतका सामाजिक सञ्जालहरुमा तहल्का मच्चाएको छ । सार्वजनिक भिडियोमा विमानस्थलभित्रै केही महिलाहरुले भोड्का सेवन गरिहेको देख्न सकिन्छ ।

अन्तराष्ट्रिय समाचारहरुका अनुसार विमानस्थलभित्र सुरक्षाकर्मीले मदिराका बोतल बोक्न रोक लगाएपछि अमेरिकाको फ्लोरिडा राज्यको मियामी जाँदै गरेकी एक महिला यात्रुले अन्य यात्रुलाई आफूले बोकेको भोड्का पिलाएकी हुन् ।

महिलाले विमानस्थलमा एक सय मिलिलिटरभन्दा धेरै मदिरा बोक्न नपाइने नियम बिर्सिएपछि विमानस्थलका सुरक्षाकर्मीले मदिराको बोतल बोक्न रोक लगाएका थिए । त्यसपछि उक्त रक्सी फाल्न मन नमानेका कारण विमानस्थलभित्रै मदिरा पिउन इच्छुक यात्रु सबैलाई पिलाएको ती महिलाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement