एलजीले ल्यायो फ्रि एसी सर्भिस र एक्चेन्ज क्याम्प


कठमाण्डु –  विगत ४ दशक देखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एलजी ब्राण्डले फेरि ग्राहकमाझ “फ्रि एसी सर्भिस एवं एक्चेन्जक्याम्प २०२१”,कार्यक्रम तथा योजनाको घोषणा गरेको छ ।

यस कार्यक्रम योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्राण्डको एसी माफ्रि सर्भिसिङ पाउनुका साथै आफ्नाे पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा उचित मूल्याङकन गर्दै एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्र्भिस ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछन् । उक्त सुविधा लिनको लागि ग्राहकहरुले निम्नलिखितफोन नं. माअथवा इमेल मार्फत रजिस्र्टर गराउनु पर्नेछ ।

९८०३६२१९२४, ९८६४४७५५६९ [email protected] थप सुविधा प्रदान गर्दै एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निशुल्क सर्भिस चार्ज, पुरानो एसीमा उचित मूल्याङकन पनि एलजीले प्रदान गरेको छ ।

यो योजना सिमित अवधिकोे लागि नेपालभर लागू गरिएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement