एलिनाको ‘तिमीले धोका दियौ भने कट्टा हान्दिन्छु’ सार्वजनिक, निजी जिवनमा आफैँले धोका खाइन्


काठमाण्डु- गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको आवाजमा रहेको ‘कट्टा हान्दिन्छु’ सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक यस संगीतको संयोजन एचबिएन किस्मतले गरेका हुन् ।

ओबिजी इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको भिडिओमा रामजी लामिछानेको कोरियोग्राफर तथा निर्देशन रहेको छ । निर्माता प्रकाश भण्डारीको लगानीमा तयार पारिएको भिडियोमा आश्मा विश्वकर्मा, ओबी रायमाझीलगायतको नृत्य देख्न सकिन्छ । एलिना चौहानको स्वर रहेको ‘तिमीले धोका दियौ भने कट्टा हान्दिन्छु’ सार्वजनिक हुँदा उनले निजी जिवनमा आफैँले धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ ।

अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठिक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् ।

त्यसपछि उनीहरू प्रेममा परेका थिए । एलिनाले आफू विष्णुसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी थिइन् । त्यसबेला एलिना र विष्णुले पटक-पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेम उजागर गरेका थिए ।

एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । तर, अहिले उनको प्रेम सम्बन्ध टुटेको छ ।  आफ्नो चरित्रमाथि नै विभिन्न प्रश्न उठाउने, फोनमा भद्दा गालीगलौज गर्ने र परिवारका सदस्यका विषयमा समेत नचाहिँदा कुरा गर्न थालेपछि एलिना विष्णुसँग अल्गिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement